Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रदर्शनकारीले जलाए पूर्वराष्ट्रपति विद्या भण्डारीको घर

जेन–जी प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्।

प्रदर्शनकारीले मंगलबार पूर्वराष्ट्रपति भण्डारीको भंगालस्थित निवासमा आगजनी गरेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाको घोषणा गरे पनि काठमाडौंलगायत देशभर प्रदर्शन रोकिएको छैन। प्रदर्शनकारीहरूले निरन्तर तोडफोड र आगजनी गरिरहेका छन्।