Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेनजीलाई डा. सन्दुक रुइतको आग्रह– ‘अब संयम बन्नुस्, सबै मिलेर देश बनाऔँ’

वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेनजीलाई संयमित रहन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. रुइतले भ्रष्ट राजनीतिक नेतृत्व पछाडी हटिसकेको बताउँदै यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नरहेको बताए ।

‘परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन,’ उनले भनेका छन् ।

सार्वजनिक सम्पत्तिको संरक्षण हरेक नागरिकको पहिलो दायित्व रहेको बताउँदै सबै मिलेर देश जोगाउन आग्रह गरे ।‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौँ । सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ,’ उनले भनेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् : विशेष अनुरोध । परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं ।
सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।
धन्यवाद
डा. सन्दुक रुईट