Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रदर्शनकारीले लगाए कान्तिपुर टिभीमा आगो

प्रदर्शनकारीहरूले आज (मंगलबार) बानेश्वरस्थित कान्तिपुर टिभीमा आगजनी गरेका छन् । आक्रोशित भीडले  कान्तिपुर टिभीमा प्रवेश गरी आगो लगाएको हो ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाएका थिए । लगातार भइरहेका आन्दोलन र आक्रोशका कारण राजधानीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ ।


प्रदर्शनकारीहरूले विभिन्न सरकारी निर्णय र नेताहरूको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानीका प्रमुख सरकारी भवनहरूमा आक्रमण गरेका छन् ।


सरकारी अधिकारीहरूले स्थिति नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन् भने घटनाको विस्तृत विवरण आउन बाँकी छ ।