Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रहरी प्रधान कार्यालय नजिकै रहेको हिल्टन होटलमा आगजनी

आक्रोशित प्रदर्शनकारीहरुले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन्।

सोमबारको आन्दोलनमा १९ जनाको ज्यान गएपछि आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो ।

आज प्रदर्शनकारीहरुले शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।