Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै

काठमाडौं महानगरपालिकाले जेनजीहरुको आन्दोलनमा घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ ।

महानगरपालिका प्रहरी वलले अस्पतालमा कुरुवाहरुको लागि सुत्ने व्यवस्था मिलाइरहेको हो ।  यसअघि महानगरले प्रदर्शनका क्रममा घाईते भएकाहरुको लागि १५ वटा एम्बुलेन्स, खाना र पानीको पनि व्यवस्था गरेको थियो ।

जसको कारण मेयर बालेन शाहको चौतर्फि चर्चा चलिरहेको छ ।