Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

हवाई उडान नियमित सञ्चालन

‘जेनजी’ प्रदर्शनले काठमाडौँ उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा मुलुकको हवाई उडान भने नियमित सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य रहेको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले हवाई उडानमा कुनै समस्या नरहेको बताए ।

आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । काठमाडौँ बाहिरका विमानस्थलमा पनि हवाई उडान सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

‘जेनजी’को प्रदर्शनले काठमाडौँका ठाउँठाउँमा सडक अवरोध हुँदा आवागमनमा समस्या भएको छ । विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाहपथ, पुतलीसडकलगायत क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध भएको छ ।