Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो

काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी (Gen Z) आन्दोलन झन् भयावह मोडमा पुगेको छ। सिभिल अस्पतालमा उपचाररत थप एक प्रदर्शनकारीको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ पुगेको पुष्टि भएको छ।

अस्पताल स्रोतका अनुसार, मृतकको अवस्था गम्भीर थियो र चिकित्सकीय प्रयासका बाबजुद उपचार सम्भव भएन। पहिचान सार्वजनिक नगरिए पनि मृत्यु भएका सबैजना प्रदर्शन स्थलमै गोली वा अन्य चोटपटकका कारण गम्भीर घाइते भएका थिए।