काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी (Gen Z) आन्दोलन थप तनावपूर्ण बन्दै गएको छ। प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १० पुगेको पुष्टि भएको छ।
ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचाररत घाइतेहरू मध्ये थप ६ जनाको ज्यान गएपछि यो संख्या पुगेको हो। यसअघि ४ जनाको मृत्यु भइसकेको थियो।
स्रोतका अनुसार, अधिकांश मृतकहरू प्रहरीको गोली लागेका घाइते थिए।