Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेनजी आन्दोलन: मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो

काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी (Gen Z) पुस्ताको सरकारविरोधी आन्दोलन झनै रक्तरंजित बन्दै गएको छ।

आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ४ पुगेको पुष्टि भएको छ। प्रहरीको उच्च स्रोतका अनुसार, राजधानीको ट्रमा सेन्टरमा थप २ घाइतेको उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि, नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा २ प्रदर्शनकारीको मृत्यु भइसकेको थियो।