काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी (Gen Z) पुस्ताको सरकारविरोधी प्रदर्शन अब झन् संवेदनशील मोड मा प्रवेश गरेको छ। प्रदर्शनका क्रममा घाइते भएका दुई जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ।
हालसम्म मृत्यु हुने व्यक्तिहरूको पहिचान खुलाइएको छैन, तर दुवै जनाको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ।
यसअघि प्रदर्शनका क्रममा संसद भवन अगाडि झडप, रबरको गोली प्रहार, अश्रुग्यास, र आगजनी भएका थिए। उक्त झडपमा ७० भन्दा बढी नागरिक र सुरक्षाकर्मी घाइते भएका छन्।