Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेनजी आन्दोलनमा गोली लागेर तीन पत्रकार घाइते

जेनजी आन्दोलनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रेसका फोटो पत्रकार  उमेश कार्की, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना रहेका छन् ।

आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोलीका छर्रा लागेर पत्रकार ढुंगाना र कार्की घाइते भएका हुन् । त्यसैगरी पत्रकार श्रेष्ठको पाखुरामा रबरको गोली लागेको छ । उनीहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास र रबरको गोली चलाएको थियो । प्रदर्शनका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मी समेत घाइते भएका छन् ।