Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेन-जी नेपालले भन्यो- आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनुहोस्

काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी (Gen Z) आन्दोलन हिंसात्मक मोडमा पुगेपछि आयोजक समूहले सबै सहभागीहरूलाई प्रदर्शन तत्कालै स्थगन गर्न र सुरक्षित रूपमा फर्किन आह्वान गरेको छ।

सामाजिक सञ्जाल ‘जेनजी नेपाल’ नामक फेसबुक पेजबाट जारी गरिएको सूचनामा भनिएको छ:

"कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ। आज सबै जना सुरक्षित तरिकाले घर जानुस्।"

यसअघि आन्दोलनका क्रममा प्रदर्शनकारीहरू संसद भवन परिसरभित्र प्रवेश गरेका थिए, जसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप, ढुंगामुढा, र आगजनी जस्ता घटनाहरू भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा, र रबरको गोली प्रयोग गरेको थियो।