नयाँ बानेश्वरमा जेनजी समूहको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।प्रहरीको गोली लागेर गम्भीर घाइते भएका ती प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार प्रदर्शनमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ भने ७० देखि ८० जनाको उपचार भइरहेको छ । मृतकको पहिचान भने खुलिसकेको छैन । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बानेश्वरको निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन छिरेपछि अवस्था थप तनावग्रस्त भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ। त्यही क्रममा प्रदर्शन नियन्त्रण गर्न प्रहरीले रबरको गोली, अश्रुग्यास, र पानीको फोहोरा प्रयोग गरेको थियो।
स्थिति झनै जटिल भएपछि नेपाली सेना समेत परिचालन गरिएको छ। सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा रहेको प्रशासनले जनाएको छ।