Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालिकालाई ठक्कर दिने मन्त्रीको गाडी चालक पक्राउ

कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएपछि ललितपुर प्रहरीले चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले दुर्घटनापछि सो गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडे गाउँमा राखिएको जानकारी दिए ।

ललितपुरको गोदावरीमा नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएर भागेको थियो ।

गाडीको ठक्करबाट सामान्य घाइते भएकी बालिका बीएण्डबीमा उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।