Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

‘शान्त छिमेकी अभियान’ सुरु: राति अबेर कुकरमा सिट्ठी ‍लगाए, ठुलो स्वरमा बोले ३ लाख जरिवाना!

काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न नेपाल प्रहरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गरेको छ।

उपत्यका प्रहरी कार्यालयका अनुसार अब अनावश्यक आवाज गर्ने गतिविधि रोक लगाइनेछ। विशेष गरी राति लाउडस्पीकर, साउन्डबक्स, डीजे, बाजा र जुस पसलमा ठुलो आवाज निकाल्न निषेध गरिएको छ। प्रहरीले बिहान ५ देखि ७ बजेसम्म पनि ठुलो स्वरमा बोल्ने, मोटरसाइकल वा अन्य सवारीसाधनमा तीव्र हर्न बजाउने काम नगर्न अनुरोध गरेको छ।

त्यस्तै, राति कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा अनावश्यक ठुलो आवाज आउन नदिने र सिँढी प्रयोग गर्दा आवाज कम गर्ने गरी सर्वसाधारणलाई सचेत गराइएको छ।

541959584_780654494900897_6448489641815614796_n_liX2dhmqAu-1086x1536.jpg