Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी चिह्न प्रदान

नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दज्र्यानी चिह्न लगाइदिएका हुन्।

दज्र्यानी चिह्नग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्रालयले सुिम्पएको जिम्मेवारी निष्ठा,पेसागत अनुशासन र पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले भने,‘नेपाल सरकार,गृहमन्त्रालयले मलाई सुिम्पएको यो जिम्मेवारी मेरो निष्ठा,पेसागत अनुशासन,पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु ।’

police khpung (2).jpg

उनले प्रहरी जस्तो प्रवित्र सेवालाई आफ्नो स्वइच्छाले रोजेर प्रारम्भ गरेको आफ्नो तीन दशक लामो संघर्षको स्मरण समेत गरे ।  उनले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ ।

सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो।  हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् ।