Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

प्रभु महालक्ष्मी लाइफका सिइओ सन्तोष प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड’बाट सम्मानित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्री सन्तोष प्रसाईलाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड प्रदान गरिएको छ ।

उनी सोमबार सम्पन्न छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड समारोहमा यो सम्मानबाट विभूषित भएका हुन् । प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसाईलाई अवार्ड प्रदान गरेका थिए ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समितिदेखि लिएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा प्रसाईले पुर्‍याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रसाईको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले उल्लेखनीय व्यवसायिक बृद्धि हासिल गरी नेपाली बीमा बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको उल्लेख गरिएको छ ।

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डअन्तर्गत विभिन्न पेशा–व्यवसायमा उल्लेखनीय योगदान पु¥याएका नेपालसहित एसियाका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने परम्परा रहेको छ । यसअन्तर्गत यस वर्ष बीमा क्षेत्रमा विशेष योगदान पु¥याएका प्रसाईलाई ‘भिजनरी लिडर’ अवार्ड दिइएको हो ।