Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

विना कुनै सहमति डा. गोविन्द केसीले तोडे अनशन

विना कुनै सहमति डा. गोविन्द केसीले तीनदिने अनशन तोडेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन्।

धनगढीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो २ बजे केसीले अनशन तोडेको उनका सहयोगी अमृत जैशीले जानकारी दिए ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अनशन तोडेको चौधरीको भनाई छ । अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए।