Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

फेवातालमा हाम फालेकी महिलाको सकुशल उद्धार

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ गौरीघाट स्थित फेवातालमा हाम फालेकी मकवानपुर जिल्ला घर भई सोही ठाउँको लेकसाइड बस्ने ४५ वर्षिया हिरा नेगीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

मंगलबार बिहान उनी फेवातालमा हाम फाली काठको मुढामा अड्किएको भन्ने खबर पाउनासाथै  सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक किरण प्रताप रेग्मीको कमाण्डमा खटिएको गोताखोर सहितको टोलि र नेपाल प्रहरीको संयुक्त टोलीले उनको सकुशल उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।