Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

'हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किने छ भनेर मैले सोचेको थिइन

काठमाडौंमा आएका धरानका मेयर हर्क साम्पाङ राई आफ्नो पक्षमा जिन्दावादको नारा सुनेपछि दङ्ग भएका छन् ।

आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा सुनेपछि दङ्ग परेका हुन् ।

‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ! सबैलाई धन्यवाद !’