Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

चीनमा ओली - मोदी संक्षिप्त भेटवार्ता, के भयो कुराकानी?

चीनको तियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संक्षिप्त भेटवार्ता भएको छ । भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भारतको सम्बन्ध विशेष रहेको बताएका छन् । 

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुने क्रममा चीनको तियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग संक्षिप्त भेटवार्ता भएपछि मोदीले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

“तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ,” भारतीय प्रधानमन्त्री मोदीले ओलीसँगको फोटा सामाजिक सञ्जाल एक्समा सेयर गर्दै लेखेका छन् । 

पछिल्लो समय भारत र चीनबीच भारत नियन्त्रित नेपाली भूमि लिपुलेकबाट व्यापार पुनः सुचारु गर्ने सहमति भएपछि नेपाल र भारतबीच तनाव बढेको छ । 

यसैबीच प्रधानन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच चीनको तियानजिनमा आइतबार भेट भएको हो । प्रधानमन्त्री ओली चीनबाट फर्केपछि भारत भ्रमण गर्ने कार्यक्रम छ ।