Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

रास्वपाले आज रुपन्देही–३ को उम्मेदवार घोषणा गर्दै

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका निम्ति आज (आइतबार) उम्मेदवार घोषणा गर्ने भएको छ ।

आज काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे पार्टी सचिवालय बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त बैठकपश्चात् उम्मेदवार घोषणा गरिने उनले जानकारी दिएका छन् । ‘बैठकपश्चात पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम हुनेछ’, उनले भने ।

सचिवालय बैठकमा रुपन्देही–३ मा उम्मेदवार छनोट मूल्यांकनबारे छलफल गरिनेछ । प्रवास विशेष अभियान सञ्चालनबारे र विविध विषयमा छलफल गरिने प्रस्तावित एजेण्डा छ । रुपन्देही–३ मा रास्वपाबाट उम्मेदवारका निम्ति नौं जना प्रतिस्पर्धामा छन् । उनीहरूमध्येबाट एक उम्मेदवार तय गरिनेछ ।