Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५५ किलोको मालाले स्वागत

पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई नेकपा (एमाले)का नेताहरुले बाराको सीमरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन वीरगंज जाने क्रममा नेताहरुले ५१ किलोको माला सहित सीमरा विमानस्थलमा स्वागत गरेका हुन् ।

बाराको सीमरा विमानस्थलमा एमाले स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल विमानस्थल पुगेका थिए ।

यसैगरी स्वागतका लागि मधेस प्रदेशका सचिवालय सदस्य जय प्रकाश थारु जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, बिरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत विमानस्थलमै स्वागतका लागि पुगेका थिए ।