Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रधान सेनापति महारथी अशोक राज सिग्देल स्वदेश फिर्ता

प्रधान सेनापति महारथी अशोक राज सिग्देल स्वदेश फर्किएका छन्।

भदौ १० देखि १२ गतेसम्म थाइल्यान्डको हुआ हिन शहरमा आयोजित चिफ्स अफ डिफेन्स सम्मेलनमा सहभागी भएर सिग्देल शुक्रबार नेपाल फर्किएका हुन् । 

अमेरिकाको इन्डो-प्यासिफिक कमाण्ड र रोयल थाई आर्म्ड फोर्सको सहकार्यमा उक्त सम्मेलन आयोजन गरिएको थियो ।  प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी निर्मल कुमार थापाले स्वागत गरेका थिए।