Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कैलालीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चार जनाको शव फेला

कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया खोलामा पौडी खेल्ने बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

भाद्र १२ गते दिउँसो पौडी खेल्ने क्रममा सोही जिल्लाको धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने १७ बर्षिय सक्षम जोशी, हसनपुर बस्ने १७ बर्षिय प्रतिक चौधरी, सोही उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने १७ बर्षिय जाबेज भण्डारी र १५ बर्षिय जेब भण्डारी बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट पाँच जना गोताखोर, नम्बर ४३ रिजर्भ गण वनबेहडा कैलालीबाट विपद् व्यवस्थापन तथा नेपाल प्रहरीको संयुक्त टोली खोजतलासको लागि परिचालन भएको थियो । करीब २ घण्टाको प्रयासपछि बेपत्ता भएका चारै जनाको शव फेला परेको हो ।