Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

आशिका तामाङ आपराधिक उपद्रवमा दोषी ठहर, के होला सजाय?

भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई आपराधिक उपद्रवमा दोषी ठहर गरेको छ ।

बिहिबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई दोषी ठहर गर्दै पाँच दिन कैद सजाय सुनाएको हो ।

त्यस्तै, अदालतले ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश गरेको छ ।

सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।