Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत आठ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

अख्तियारले वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामामा ३६ लाख २० हजार ५७८ अनियमितता गरेको आरोप लगाएको छ ।

अख्तियारले भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृति बहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरु न्यू बिके विल्डर्स एण्ड सप्प्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरुद्ध विहिबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।