Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

रास्वपा नेता पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पाँडेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको थियो । अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको एसपी अवस्थीले बताए ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुव्र्यवहार गरेको ‍आरोप छ । ती महिलाले उजुरी दिएपछि बुधबार प्रहरीले पाँडेलाई ब्यूरोमा बोलाएको थियो । त्यहीबेला उनलाई प्रहरीले हिरासतमा राखेको थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत हुन् ।