Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रधानमन्त्रीको यस्तो छ पाँच दिने चीन भ्रमण तालिका

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा अरु को–को हुनेछन् ?

प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा निस्किने भएका छन् । उनी पाँच दिने चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणको तालिका सार्वजनिक गरेको छ । जसअनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विश्वका अन्य नेताहरूसँग साइडलाइन वार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नेछन् । त्यहाँ प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीको टोलीमा श्रीमति राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छबिलाल विश्वकर्मा लगायत रहने छन् । प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन् ।