Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द

वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ । वीरगंजमा गत शुक्रबारदेखि झाडापखाला र हैजाको संक्रमण फैलिएपछि महानगरले विद्यालयहरू थप तीन दिनका लागि बन्द गरेको हो ।

यसअघि गत आइतबार र सोमबार गरी दुई दिनका लागि बन्द गरिएको विद्यालयहरू मंगलबार हरितालिका तीज पर्वको सार्वजनिक बिदाका कारण बन्द रहेका थिए । वीरगंज महानगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू थप तीन दिनका लागि अर्थात भदौ ११ देखि १३ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिइएको छ ।

यससँगै विद्यालयहरू बन्द रहेको अवधिमा विद्यालयको सेवा क्षेत्र भित्र रहेका समुदायमा विद्यालयका सबै शिक्षक र कर्मचारीहरूलाई हैजा नियन्त्रण सम्बन्धी जनचेतना फैलाउनका लागि परिचालन गरिने निर्णयपनि गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी दिएका छन् । 

Birgunj1756213961.jpg