Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एक असईसहित २० प्रहरी सम्पर्कविहीन

एक प्रहरी सहायक निरीक्षक (असई) सहित २० प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

गैरहाजिर हुनेमा एक जना असई, एक जना हवल्दार, चार जना सहायक हवल्दार, दुई जना कार्यालय सहयोगी, एक जना प्राविधि प्रहरुी जवान र बाँकी बाँकी सबै प्रहरी जवान छन् । लामो सयमदेखि सम्पर्कविहीन उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।


हेर्नुस् सूचना

p(35).jpg