Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

‘गो ब्याक’ भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन

लिपुलेक हुँदै सीमापार व्यापार गर्ने भारत–चीनको सहमतिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा आज (शनिबार) काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरिएको छ । उनीहरुले लैनचौरस्थित दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

लिपुलेक नेपालको सार्वभौम भूभाग भएकाले भारत–चीनबीच उक्त क्षेत्रमा व्यापारिक नाका खोल्ने निर्णयको विद्यार्थीले विरोध गरे । यस्ता सम्झौता र हस्ताक्षरले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई गम्भीर रूपमा चुनौती दिएकाले विरोध गरिएको उनीहरूले जनाएका छन् ।

यो विषयमा सरकारलाई पनि स्पष्ट धारणा सार्वजनिक, आवश्यक कूटनीतिक पहल गर्न र राष्ट्रियता संरक्षणमा दृढ कदम चाल्न आह्वान समेत गरिएको अखिल छैटौँका अध्यक्ष सुवास जिसीले बताए ।

प्रदर्शनमा सहभागीले ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, ‘गो ब्याक इण्डिया’, ‘गो ब्याक चाइना’ लगायत नारा लगाएका थिए।