Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नेपाली सेनाले खुलायो २८० जना अधिकृतका लागि जागिर (सूचनासहित)

नेपाली सेनाले २८० अधिकृत (सहायक सेनानी-उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानी/उपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक युवाले आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।


हेर्नुस् सूचना

a(19).jpg