आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक छ: कुलमान घिसिङ

नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक छ: कुलमान घिसिङ

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक छ: कुलमान घिसिङ

    हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन् । एनआरएनए लक्जेम्वर्गलगायत नेपाली संघसंस्थाद्वारा संयुक्त रुपमा बुधबार आयोजित सम्मान तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए।
    मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए ।

    ‘प्रायः ब्यूरोक्रेसी नेतृत्वले नै चलाउछ, तर नेतृत्वले भनेको सबै कुरा, गलत भएपनि, मान्न  जरुरी छैन।  डेडीकेटेड ट्रंक लाइनको बक्यौता असुल गर्न लाग्दा मलाई मेरो कार्य वढी चार महिना मात्रै बाँकी रहंदा मलाई बर्खास्त गरियो,’ घिसिङले भने।  तर संसारभरि रहेका नेपालीहरुको माया र सद्भावका कारण आफु निरुत्साहित नभएको पनि उनले जनाए।

    ‘जबसम्म सही जनशक्ति, सही समयमा सही ठाउँमा नियुक्त गरिंदैन, तब सम्म मुलुकले चाहेको परिवर्तन हुन सक्दैन।’ नेपालमा लोडसेडिङ अन्त्य गर्न आम जनसमुदायले  हाम्रो टिमलाई सहयोग गर्नुभयो, त्यसले गर्दा मलाई राजनीतिक दबाबसंग संघर्ष गर्न पनि शक्ति दियो, त्यसका लागि आम नेपाली जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने। घिसिङले नेपालको संविधान २०७२ ले एनआरएन नागरिकताको व्यवस्था गरेकाले अब तत्काल आवश्यक कानून बनाएर त्यसको कार्यान्वयन गर्नुपर्ने बताए।

    ‘एनआरएनहरुले छुट्टै नागरिकता माग्नु भएको होइन, वंशजको आधारमा आफुले पाएको नेपाली  नागरिकता निरन्तर रहोस भन्ने मात्रै उहाँहरुको माग हो, त्यसमा राज्य संवेदनशील हुनुपर्छ,’ उनले भने। भारत, चीन, दक्षिण कोरिया जस्ता मुलुक आफ्नै डायस्पोराको लगानी र सहयोगबाट विकसित भएको उल्लेख गर्दै घिसिङले नेपालले पनि प्रवासी नेपालीको साधन र स्रोत नेपालको उन्नतिको लागि उपयोग गर्नुपर्ने बताए। गैरआवासीय नेपालीहरुलाई  आन्तरिक विवाद समाधान गरेर  एकताबद्ध भएर  सामूहिक रूपमा देशको समृद्धिमालागि पर्न पनि उनले आग्रह गरे। देश र जनताको लागि जिम्मेवारीपूर्वक काम गर्दा गर्दै पनि सरकारले बर्खास्त गरे पछि बहराइनबाट गत महिना आफुले उज्यालो नेपाल अभियान सुरु गरेको घिसिङले  बताए।

    ‘नेपालमा नकारात्मकता छाएको छ, सबै जसोले नकारात्मक कुरा मात्र गर्नाले पनि देशक युवा जनशक्ति देशबाट पलायन भएको अवस्था छ, उज्यालो नेपालका एउटा उद्देश्य सकारात्मकता फैलाउनु र मुलुकमा उपलब्ध अवसरहरु उजागर गर्नु पनि हो,’ उनले भने। 
    उनले सर्वोच्च अदालतले विदेशमा कार्यरत नेपालीलाई पनि मतदान गर्न दिन निर्देशन दिइसकेकाले जति सक्दो चाडो कानून बनाउनु पर्ने बताए। ‘यसलाई सकेसम्म चाडो कार्यान्वयन गर्न जोड़ दिने छौं, यसमा यहाँहरु सबैको साथ आवश्यक छ,’उनले भने।

    सम्पूर्ण गैर आवासीय नेपालीका मुद्दालाई एक साथ कार्यान्वयन गराउन बिदेशमा रहेको सबै संस्थाहरु एकजुट हुन पनि उनले आग्रह गरे। एनआरएनए एनसीसी लक्जेम्वर्गका अध्यक्ष बिमलबाबु उपाध्यायले अध्यक्षता गरेको कार्यक्रममा संरक्षक नारायण गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव बालहरि राईले कार्यक्रमको संयोजन गरेका थिए। कार्यक्रममा तमु समाज लक्जेम्वर्ग, तामांग समाज लक्जेम्वर्ग तथा नेपाल लक्जेम्वर्ग लोककल्याणकारी संस्थालगायतले घिसिङलाई सम्मान गरेका थिए भने एक किशोरीले आफैले कोरेको कुलमानको पोट्र्रेट उनलाई उपहार दिएकी थिइन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार