आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

नेपाल एसबीआई बैंक र विभिन्न संस्था बीच छुट सुविधा सम्बन्धी सम्झौता

नेपाल एसबीआई बैंक र विभिन्न संस्था बीच छुट सुविधा सम्बन्धी सम्झौता

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • नेपाल एसबीआई बैंक र विभिन्न संस्था बीच छुट सुविधा सम्बन्धी सम्झौता

    नेपाल एसबीआई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न सेवा क्षेत्रमा विशेष छुट सुविधा प्रदान गर्न तीन संस्थासँग सम्झौता गरेको छ।

    बैंकले रामाडा एन्कोर होटल काठमाडौँसँग सम्झौता गर्दै खाद्य तथा आवास सेवामा १५ प्रतिशतसम्म छुट, तथा होलिडे इन रिसोर्ट काठमाडौँसँग खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

    त्यस्तै, बैंकले हिमाल डेन्टल अस्पताल तथा डेन्टल विज्ञान संस्थानसँग पनि छुटसम्बन्धी सम्झौता गर्दै मुख तथा दन्त उपचारमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ। यी सबै सुविधाहरू नेपाल एसबीआई बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एप (YONO) मार्फत ग्राहकले उपयोग गर्न सक्नेछन्।

    सम्झौतामा नेपाल एसबीआई बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र सम्बन्धित संस्थाका प्रतिनिधिहरू - रामाडा एन्कोरकी सेल्स डाइरेक्टर सीता रायमाझी, होलिडे इन रिसोर्टका सेल्स डाइरेक्टर बिख्यात विक्रम राणा, र हिमाल डेन्टल अस्पतालका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट - बीच हस्ताक्षर भएको हो।

    सम्झौता कार्यक्रममा बैंकका प्रमुख वित्त अधिकृत राजेशकुमार पाण्डा, मुख्य व्यवसाय विकास अधिकृत प्रभिन मुनी बज्राचार्य लगायत होटल तथा अस्पतालका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

    नेपाल एसबीआई बैंक लिमिटेडले ३२ वर्षदेखि सेवा दिँदै आएको छ। हाल बैंकका १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २० शाखारहित बैंकिङ सेवा, १२५ एटिएम र एक मुख्य कार्यालय मार्फत सेवा सञ्चालनमा रहेको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार