आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने चारजना पक्राउ

नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने चारजना पक्राउ

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने चारजना पक्राउ

    नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सुनसहित हेटौँडा उपमहानगरपालिका ११ सुकुम्वासी टोलमा कोठाभाडामा लिई बस्दै आएका मकवानपुरगढी गाउँपालिका२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका८ का ४५वर्षीय सूर्यबहादुर नेगी, सोही ठाउँका ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका १, भाल्चे का ४१ वर्षीय नाम्केल तामाङलाई पक्राउ गरेको हो ।

    उनीहरूको कोठाभित्र खानतलासी गर्ने क्रममा झोलाभित्र राखिएको अवस्थामा पम्प लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ५० थान फेला परेको र आवश्यक परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गर्दा जसमध्ये ४९ थान नक्कली रहेको र एक थान १० ग्राम सक्कली सुन भएको पुष्टि भएकाले चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    बरामद सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ । बाँकी ४९ थान सुन जस्तो देखिने नक्कली पहेँलो धातुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । पक्राउ परेका चारैजनामाथि ठगी उद्योग कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार