Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

महाकालीमा बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार ३: ४५ बजे महाकाली नदीमा  पानीको  बहाव  १, ०४, ४१३ क्युसेक  पुगेपछि पानीको बहाव बढदो क्रममा रहेकाले चार पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको छ ।