आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन: गगन थापा

बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन: गगन थापा

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन: गगन थापा

    सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती कांग्रेसले मात्रै समाधान गर्न सक्ने दाबी गरेका छन् । प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

    उनले भने, ‘चुनाव जित्ने आकांक्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निःशर्त होइन । हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’

    उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने बताए । उनले भने, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसदमा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ ।’

    उनले आफूहरूले गरेको निर्णय समाजले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनले पार्टीभित्र आत्मविश्वास र शुद्धता आवश्यक परेको पनि बताएका छन् । नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने बताउँदै उनले नेपाली काँग्रेस चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी भएको स्मरण गरे ।

    ‘आजको दिनको हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नु पर्नेछ । कतिपय कुराहरू प्रायोजित छ सबै कुराहरु बुझ्नु पर्छ,’ महामन्त्री थापाले भने, ‘सबै कुरा बुझेर त्यसलाई सम्बोधन गरेर अघि बढ्नुप र्छ । त्यो नेपाली कांग्रेसको जिम्मेवारी हो । त्यसका लागि कांग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको छ ।’

    ‘नेपाली कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली कांग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौं । राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन,’ उनले भने, ‘चुनाव जितेर राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली काँग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो।’ राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने रहेको महामन्त्री थापाको भनाइ थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार