प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी ठगी मुद्दामा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न जाने भएका छन् ।
प्रचण्ड आज साँझ ६ बजे पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई भेट्न नक्खु कारागार जाने उनको सचिवालयले जनाएको छ । लामिछानेलाई केहि दिनअघि मात्र रुपन्देही जिल्ला कारागारबाट नख्खु कारागार स्थानान्तरण गरिएको हो ।
नख्खु सारिएको भोलिपल्ट लामिछानेको स्वास्थ्यमा समस्या समेत देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्