Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

रवि भेट्न नक्खु कारागार जाँदै प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी ठगी मुद्दामा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न जाने भएका छन् ।

प्रचण्ड आज साँझ ६ बजे पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई भेट्न नक्खु कारागार जाने उनको सचिवालयले जनाएको छ । लामिछानेलाई केहि दिनअघि मात्र रुपन्देही जिल्ला कारागारबाट नख्खु कारागार स्थानान्तरण गरिएको हो ।

नख्खु सारिएको भोलिपल्ट लामिछानेको स्वास्थ्यमा समस्या समेत देखिएको थियो ।