आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

शिक्षा विधेयक : भोलिदेखि आन्दोलन थाल्ने निजी विद्यालयको घोषणा

शिक्षा विधेयक : भोलिदेखि आन्दोलन थाल्ने निजी विद्यालयको घोषणा

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • शिक्षा विधेयक : भोलिदेखि आन्दोलन थाल्ने निजी विद्यालयको घोषणा

    संस्थागत विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले सरकार समक्ष विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिएका छन् । दुवै संस्थाले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा विधेयकमा निजी शैक्षिक संस्थासम्बन्धी रहेका ‘अव्यावहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउन माग गरेका हुन् ।

    उनीहरूले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनु पर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् ।

    यस्तै, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक बनाउँदै लगिने’ प्रावधान पनि हटाइनु पर्ने माग उनीहरूको छ । छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने र छात्रवृत्तिसम्बन्धी ऐन २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐनअन्तर्गतको विभेदकारी प्रावधान पनि हटाइनुपर्ने माग गरिएको छ ।

    माग सम्बोधन नभए भोलि (बिहीबार) बाट आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । नेसनल प्याब्सन केन्द्रीय कार्यसमिति अध्यक्ष सुभास न्यौपाने र प्याब्सन केन्द्रीय कार्यसमिति अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी राज्यसँग टकराब होइन, संवाद र सहकार्यको बाटो खोजिरहेका छौँ । तर यदि हाम्रो व्यावहारिक अस्तित्व र शैक्षिक योगदानमाथि कुठाराघात गरिने प्रयास हुन्छ भने हामी बाध्य भएर संघर्षका सबै विकल्प रोज्न बाध्य हुनेछौँ ।’

    e.jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार