आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

रास्वपालाई निषेध गर्न खोजियो, उपसभामुखको अवमूल्यन सहदैनौं: सन्तोष परियार

रास्वपालाई निषेध गर्न खोजियो, उपसभामुखको अवमूल्यन सहदैनौं: सन्तोष परियार

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • रास्वपालाई निषेध गर्न खोजियो, उपसभामुखको अवमूल्यन सहदैनौं: सन्तोष परियार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदको अवमूल्यन गरिरहेको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले बालुवाटार, बूढानीलकण्ठ र सिंहदरबारको बैठकबाट उपसभामुख इन्दिरा रानामाथि बारम्बार आक्रमण भइरहेको बताउदै आफुहरुले यस्तो अपमान नसहने बताए ।

    उनले भने- 'सांसदको विवेक बन्दी नबनाऊ । सांसद आफै सार्वभौम हो  । आज रास्वपालाई निषेध गर्न खोजिदैछ । बारम्बार कार्यपालिकाले व्यवस्थापिकामाथि अवमुल्यन भएको छ उपसभामुख पदको अवमूल्यन भइरहेको छ । बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार उपसभामुखमाथि आक्रमण भएको छ ।'

    सांसद परियारले उपसभामुख राना मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सम्मानित भएकाले संसदको गरिमा बढाउन रास्वपाले उनलाई संसदमा ल्याएको बताउदै उनी जत्तिको सम्मानित कांग्रेस र एमालेका नेताहरु हुननसक्ने दाबि गरे ।

    आक्रामक रुपमा प्रस्तुत भएका परियारले आफ्नो निजी स्वार्थक लागि व्यवस्थाप्रति आक्रमण नगर्न आग्रह गरेका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार