आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

नेपाललाई ‘बाइपास’ गर्दै लिपुलेक हुँदै चीन र भारतबीच व्यापार सहमति

नेपाललाई ‘बाइपास’ गर्दै लिपुलेक हुँदै चीन र भारतबीच व्यापार सहमति

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • नेपाललाई ‘बाइपास’ गर्दै लिपुलेक हुँदै चीन र भारतबीच व्यापार सहमति

    चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारको सहमति भएको छ । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति भएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच उच्चस्तरीय भेटमा यो सहमति भएको हो । लिपुलेक नेपाली भू–भाग हो । यसको उत्तरतर्फ चीनको तिब्बत छ । लिपुलेकबाट करिब १७ किलोमिटर पश्चिम लिम्पियाधुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय विन्दु मान्दै आएको छ ।

    तर, भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक नाका हुँदै तिब्बत जाने सडक बनाएको छ र यस क्षेत्रमा सैन्य तथा सामरिक संरचना निर्माण गरेको छ । गलवान उपत्यकामा भएको तनावपछि भारत–चीनबीच तनावको परिस्थिति सिर्जना भएको थियो । त्यो घटनापछि दोस्रो पटक उच्चस्तरीय भेटवार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    दुई दिने भारत भ्रमणपछि मंगलबार जारी विज्ञप्तिमा १२ बुँदे सहमतिको विषयहरु सार्वजनिक गरिएको छ । त्यसको ९ औं बुँदामा भनिएको छ, ‘दुवै पक्षले तोकिएका तीन नाकाहरू लिपुलेक पास, शिप्कीला पास र नाथुला पासमार्फत सीमाना पार व्यापार पुनः सुरु गर्न सहमत भएका छन् ।’

    यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा गरेको चीन भ्रमणका क्रममा समेत लिपुलेक पासबाट व्यापास गर्ने सहमति भएको थियो । त्यसबेला नेपाली भूमि हुँदै व्यापार गर्ने विषयमा नेपाललाई जानकारी नदिई भएको सहमतिप्रति विरोध समेत भएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणको तयारी चल्दै गर्दा चीन र भारतले यस्तो सहमति गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली चीनमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा जाँदैछन् । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ । चीन पछि ओलीको भारत भ्रमणको तयारी छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार