Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जितसँगै नयाँ सिजनको शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा खेलको ५१औं मिनेटमा किलीयन एम्बाप्पेले पेनाल्टी मार्फत गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै सिजनको सकारात्मक शुरुवात गरेको छ ।