Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पोखरा महानगरमा पोलमा रहेका अव्यवस्थित तारको व्यवस्थापन शुरु

पोखरा महानगरपालिकामा पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापनको कार्य शुरु भएको छ । 

पोखरा महानगरपालिका-२५ को कार्यालयले पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापनका लागि हटाउने कार्य सुरु गरेको हो । 

महानगरपालिकाका प्रवक्ता समेत रहेका मोतीलाल तिम्सिनाले सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रभाव पारेका र दुर्घटनाको जोखिम रहेका ती अव्यवस्थित तारहरू हटाउने कार्य सुरु गरिएको बताएका छन् ।