Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

किरिया बसेको घरमा चट्याङ : एकको मृत्यु, सात जना घाइते

मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

आज (मंगलबार) अपराह्न ४ः२० बजेतिरको समयमा पालबहादुर घलानको घरमा किरियाको कामकाजका लागि आएका व्यक्तिहरू बसेको स्थानमा चट्याङ खस्दा स्थानीय ४२ वर्षीय विषाल ब्लोनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार अन्य सात जना सामान्य घाइते भएका छन् । घाइतेहुनेमा सोही स्थानका बमबहादुर घलानकी १२ वर्षीया छोरी बर्षा घलान, जितबहादुर घलानका १२ वर्षीय छोरा सुजन घलान, शमशेर घलानका १६ वर्षीय छोरा सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ती नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान रहेका छन् । उनीहरू सबैलाई उपचारका लागि मनहरी अस्पताल लगिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।