आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

देउवा भन्छन्- प्रतिष्पर्धी दलसँगै मिलेर काम गर्नुपर्ने वाध्यता छ

देउवा भन्छन्- प्रतिष्पर्धी दलसँगै मिलेर काम गर्नुपर्ने वाध्यता छ

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • देउवा भन्छन्- प्रतिष्पर्धी दलसँगै मिलेर काम गर्नुपर्ने वाध्यता छ

    सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने वाध्यता रहेको बताएका छन् ।

    अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका हुन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए ।

    नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको पनि उनको भनाइ थियो । सबै पार्टीहरू मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    यो एक किसिमले राम्रो भएको पनि उनले बताए । सभापति देउवाले सबैको अधिकारलाई ग्यारेन्टी गर्ने संविधान आफूहरूले बनाएको बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार