Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

रास्वपाको चेतावनी: नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रयास थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा विरोध जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले यसको आलोचना गर्दै सरकारमाथि परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने गरिरहेको आरोप पनि लगाएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘एक जना चेली जो बेचिन बाध्य भइन् । समाजसँगको विभिन्न तहको लडाई लड्दै असहाय बालबालिकालाई आश्रय दिँदै परिवर्तनको लागि सुधारिएको राजनीतिक अभ्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएर उपसभामुखको पदसम्म पुग्न सफल भइन् ।’

उनले अगाडि लेखेका छन्, ‘परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेका ओली र देउवालाई यो समावेशिताको परिवर्तन सह्य भएन । सुन्दैछौं हस्ताक्षर संकलन हुँदैछ । सामाजिक लडाई लड्दै आएकी एक जनजातिको छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् । नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ ।’