सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई हप्ता अघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

    उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् । ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको देश सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।

    उनले केही समयमै दलको नाम घोषणा गर्ने जानकारी गराएका छन् । ‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने ।

    ‘चैत १५ मा मार्छन् भन्ने मैले अघिल्लो दिन सूचना पाएको थिएँ’
    चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै प्राप्त गरेको दाबी गरेका छन् । उनी लामो समय थुनामा रहेर बाहिरिएका थिए । बाहिरिएको १५ दिनमा सोमबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका छन् ।

    ‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्’, उनले दाबी गर्दै भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए । उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको बताएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार