सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

अनमी विष्ट मृत फेला

अनमी विष्ट मृत फेला

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • अनमी विष्ट मृत फेला

    बैतडीको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन् ।

    बस्ने कोठामा आइतबार राति ८ बजेतिर विष्ट झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

    पुर्चाैडी–१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको थियो ।

    अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट