सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

निजामती विधेयकमाथि राष्ट्रियसभामा छलफल, १६ दिनभित्र पास गर्नुपर्ने संवैधानिक बाध्यता

निजामती विधेयकमाथि राष्ट्रियसभामा छलफल, १६ दिनभित्र पास गर्नुपर्ने संवैधानिक बाध्यता

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • निजामती विधेयकमाथि राष्ट्रियसभामा छलफल, १६ दिनभित्र पास गर्नुपर्ने संवैधानिक बाध्यता

    प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन ब्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको हो ।

    विधायन व्यवस्थापन समितिका सदस्य बेदुराम भुसालका अनुसार यो विधेयक १६ दिनभित्र सभाबाटै पारित गरिसक्नु पर्ने दबाव छ । ‘यही भदौ १७ गतेभित्र विधेयक पारित गरिसक्नु पर्नेछ,’ सोमबार विधेयकमाथिको सैद्धान्तिक छलफलमा एकीकृत समाजवादीका सांसद भुसालले सुनाए ।

    यो विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएको हो । यसको जानकारी आएको समय हिसाब गरेर सांसद भुसालले यही १७ गते भित्र विधेयक पारित गरिसक्नु पर्ने दबाव रहेको बताएका हुन् ।प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएपछि राष्ट्रिय सभाले प्राप्त भएको दुई महिनाभित्र पारित गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

    संविधानको धारा १११ मा भनिएको छ, ‘प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको अर्थ विधेयकबाहेक अन्य विधेयक राष्ट्रियसभाले आफू समक्ष प्राप्त भएको दुई महिनाभित्र पारित गरी वा सुझाव सहित फिर्ता पठाउनु पर्नेछ ।’

    अन्यथा ६० दिनभित्र राष्ट्रियसभाले विधेयक फिर्ता नगरेमा प्रतिनिधिसभाले तत्काल कायम रहेको संख्याको बहुमत सदस्यहरूको निर्णयबाट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट